logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निषेधाज्ञा उल्लंघन गर्ने १४७ सवारी साधन परे कारबाहीमा


अंकुरण खबर
1.092K
Shares

काठमाडौँ उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा लागू भएपछि जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । प्रशासनले निषेधाज्ञा जारी गरे पनि उग्लघन गर्ने क्रम रोकिएको छैन ।

आज विहान निषेधाज्ञा अवज्ञा गर्ने एक सय ४७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञा पालना नगर्ने दुईपाङ्ग्रे एक सय छत्तिस र चा रपाङ्ग्रे एघार वटा गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

हिजो पनि प्रहरीले ७ सय ३५ सवारी साधनलाई दिनभर होल्ड गरेर साँझ छाडेको थियो । निषेधाज्ञा उग्लघन गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।

उपत्यकामा गत बिहीबारदेखि १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् ।

सवारी साधनको सञ्चालन रोकिएको छ भने सर्वसाधारणको हिँडडुल प्रतिबन्धित छ । अत्यावश्यक सेवाका पसल भने विहान सातबजेसम्म मात्रै सञ्चालनको अनुमति दिइएको छ ।