logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारा र पर्सामा थपिए १५६ जना कोरोना संक्रमित


अंकुरण खबर
936
Shares

बारा र पर्सामा आइतबार थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा ३४ महिलासहित एक सय ५६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा स्वास्थ्यकर्मी प्रहरी कर्मचारी, पत्रकार तथा नेपाली सेनासमेत रहेका छन्।

तीन सय २० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा बाराका ११ र पर्साका एक सय ४५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् ।

पर्सामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २८ जनाको मृत्यु भइसकेको छ ।