साताको पहिलो दिन आइतबार सुनको मुल्य तोलामा चार सय रुपैयाँले घटेको छ ।
आइतबार छापावाल सुन ९८ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ९८ हजार ८ सयमा कारोबार भएको थियो ।
तेजाबी सुन आइतबार तोलामा ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदी २५ रुपैयाँले घटेर तोलाको १३ सय ४५ रुपैयाँ कायम भएको जनाइएको छ ।