logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ


अंकुरण खबर
1.625K
Shares

महोत्तरीको सम्सी गाउँपालिका-७ जावद टोलमा बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्सी गाउँपालिका-७ का २४ वर्षका कृष्ण यादवले महिलालाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारबाही हुने महोत्तरीका प्रहरी उपरीक्षक टिका केसीले बताए ।

शुक्रबार राति कुटपिटबाट घाइते महिलाको जनकपुरमा उपचार भइरहेको छ ।