logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थापाथली प्रसुती गृहमा स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
858
Shares

थापाथली प्रसुती गृहमा स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालका निर्देशक डाक्टर संगीता मिश्रले संक्रमित मध्ये तीन जना आवासीय चिकित्सक रहेको जानकारी दिइन् । अन्य संक्रमितहरु प्राविधिक, सुरक्षागार्ड अस्पतालभित्र रहेका बैंकका कर्मचारी र नर्स रहेका छन् ।

उनले अस्पतालका बिरामीमा भने कोरोना संक्रमण नदेखिएको बताइन् । डा. मिश्राले अस्पतालमा अहिले थप सतर्कता अपनाइएको जानकारी दिइन् ।