कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएका २ जना संक्रमित अस्पतालबाटै भागेका छन् ।
वीरगन्जको वीरगन्ज हेल्थ केयर कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका २ जना संक्रमित शनिबार राति भागेका हुन् ।
राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले २ जना संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अस्पतालको डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु अस्पतालको पछाडिबाट हाम फालेर भागेका हुन सक्ने प्रहरीको अनुमान छ ।
आइसोलेसनबाट भागेका दुवै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजित कुँवरले जानकारी दिए ।