गण्डकी प्रदेशमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपरासीपूर्वमा ६ जना, गोरखामा एक जना र कास्कीमा दुई जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित एक जना पोखरा महानगरपालिका–१६ का ट्याक्सी चालक छन्।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८७९ पुगेको छ ।