logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नियोजित रुपमा गौहत्या गरिएको हो, यसमा संलग्नलाई कारबाही गरियोस् : सांसद डिला संग्रौला


अंकुरण खबर
3.744K
Shares

काठमाडौं – नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले नेपालगञ्जबाट लगिएका गाई सुर्खेतमा मृत भेटिएको घटना गौहत्या हो भन्दै यसमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद डा. डिला संग्रौला पन्तले गाईलाई नियोजित रुपमा भीरबाट खसालेर मारिएको भन्दै गौहत्या भएको आरोप लगाएकी हुन् ।

संबिधान अनुसार पनि गाईको हत्या बर्जित गरिएको भन्दै घटना निन्दनीय भएको भन्दै यो घृणित काम भएको सांसद पन्तले बताएकी छन् । ‘यस्ता घटना घटाएर जघन्य अपराध गर्नेलाई आजसम्म किन कारबाही गरिएको छैन ?’ उनले प्रश्न गरिन् ‘नेपालमा यसरी नै गौहत्या बर्जित हुँदा पनि यो घटना घट्दै जानु अत्यन्त निन्दनीय छ ।’

सांसद पन्तले पशु अधिकारको दृष्टिले पनि उक्त घटना निन्दनीय भन्दै सरकारले गठन गरेको छानबिन समिति के गर्दैछ भन्ने प्रश्न गरिन् । सांसद पन्तले यस घटनाको सत्य तथ्य बाहिर ल्याउन र फेरी यस्ता घटना हुन नदिन सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।