logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.495K
Shares

सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

डडेल्धुरा अस्पताल र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थव ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३३ र सेती प्रादेशिक अस्पतालको परीक्षणका क्रममा ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको परीक्षणका क्रममा कैलालीको गोदावरी नगरपालिकाका १५, धनगढी उपमहानगरपालिकाका ८, घोडाघोडीका ४, भजनीका ४ र जोशीपुरका १ जनामा कोरोना देखिएको हो । यस्तै, कञ्चनपुरमा पुनर्वासका ६, कृष्णपुरका २ र अन्य ठाउँका २ गरी १० जनामा कोरोना देखिएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा अछामको मंगलसेन नगरपालिकाका १७, पञ्चदेवग विनायक नगरपालिकाका ६, बझाङको केदारस्यु गाउँपालिका २, बुङ्गल गाउँपालकिाका १ , डडेल्धुराको गन्यापधुरा र अजयमेरु गाउँपालिकाका १–१ गरी २, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका १ तथा बैतडीको पाटन नगरपालिका २, सुनर्या गाउँपालिकाका १ र जिल्ला अस्पतालमा उपचाररत १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।