logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

पछिल्लो २४ घण्टामा थप ३ को मृत्यु, नेपालमा मृतकको संख्या १४९ पुग्यो


अंकुरण खबर
1.755K
Shares

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा भने १६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।