logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

घट्यो सुनचाँदीको मूल्य


अंकुरण खबर
741
Shares

नेपाली बजारमा सुनको मूल्यमा सोमबार गिरावट आएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।