logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली र प्रचण्डबीच आज हुने भनिएको भेटवार्ता स्थगित


अंकुरण खबर
741
Shares

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनको व्यवहारिक कार्यान्वयनका सन्दर्भमा छलफल गर्न आज (सोमबार) छलफल हुने तय भएको थियो ।

तर, आजको भेटवार्ता स्थगित भएको छ । बालुवाटार स्रोतका अनुसार प्रतिवेदनमाथि अध्ययन गर्न बाँकी रहेको भन्दै दुई अध्यक्षले छलफल स्थगित गरेका हुन्। अब दुई अध्यक्षबीच मंगलबारका लागि छलफल हुने बताइएको छ।

पार्टी भित्रको आन्तरिक विवादका सन्दर्भमा अध्ययन गरी समाधानका लागि सुझाव दिन भन्दै महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले शनिबार नै दुवै अध्यक्षलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

नेकपाको अन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले शनिवार सत्र पेज लामो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा ओली सरकार सञ्चालनमा केन्द्रीत हुने र दाहाल पार्टी सञ्चालनमा केन्द्रित हुने उल्लेख थियो । सोही सुझावको व्यवहारिक कार्यान्वयका पक्षमा छलफल गर्न र सचिवालय बैठक बोलाउने सन्दर्भमा ओली र प्रचण्डबीच भेटवार्ता तोकिएको थियो ।