logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपचारका क्रममा क्लिनिकमै किशोरीमाथि जबरजस्ती करणी अभियोगमा स्वास्थ्यकर्मी पक्राउ


अंकुरण खबर
1.417K
Shares

बारामा उपचार गर्न आएकी १७ वर्षीया किशोरीलाई क्लिनिकमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

रौतहट कटहरिया नगरपालिका-२ बिर्ती बस्ने २६ वर्षीय प्रमोद साहलाई आइतबार दिउँसो प्रहरीले जबरजस्तीकरणको आरोपमा पक्राउ गरेको हो।

निजगढ नगरपालिका-११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक हेल्थ क्लिनिकमा पेट सम्बन्धी उपचार गराउन गएकी ती किशोरीलाई क्लिनिकको स्वास्थ्य सहायक (एचए) साहले उपचार गर्ने क्रममा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।