logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से २१ अंकले बढ्यो


अंकुरण खबर
1.313K
Shares

नेप्से परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा २१.२६ अंकले बढेको छ ।

सोमबार ११ बजे १४१३.१० को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आइपुग्दा १४३१.६० को बिन्दुमा पुगेको छ ।

अहिले कारोबार भईरहेका १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर २७ हजार ५६६ पटक खरिद विक्री हुदाँ २ अर्ब १३ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटेल बाहेक कारोबार भएका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १६२.८७ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहमा पनि १५.८२ अंकले तेजी आएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक सबैभन्दा बढी ६.९०५ ले बढेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा छ्याङदी हाइड्रोपावरका लगानीकर्ता छन् । यसको भाउ २.२५५ ले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्र स्थानमा छ ।