logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका दुई कर्मचारीमा कोरोना संक्रमण


अंकुरण खबर
949
Shares

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालको आर्थिक प्रशासन शाखा र कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको हो । दुई जनामध्ये एकजना पुरुष र एकजना महिला हुन् ।

उनीहरुमा ज्वरो देखिएको तर स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए । हाल आफ्नै घरमा रहेका उनीहरुलाई अस्पताल ल्याई आइसोलेसनमा भर्ना गरेर उपचार गरिने प्रवक्ता गौतमले बताए ।

हालसम्म अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जना निको भइसकेका छन् ।