logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

कोरोना संक्रमणबाट पर्सामा ६८ वर्षका पुरुषको मृत्यु


अंकुरण खबर
858
Shares

कोरोना संक्रमणबाट पर्सामा थप एक पुरुषको मृत्यु भएको छ ।

जिराभवानी गाउँपालिका ४ बस्ने ६८ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मृत्यु पश्चात् ती पुरुषको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको नारायणी कोभिड-१९ अस्पतालले जानकारी दिएको छ ।

ती पुरुषको गत आइतबार राती मृत्यु भएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो । निमोनियासहित रुघा खोकी देखिएपछि उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो ।