logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीलाई विश्राम लिन गगन थापाको आग्रह


अंकुरण खबर
1.196K
Shares

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अस्वस्थताका बाबजुत विदेशमै रहेर भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद् बैठक संञ्चालन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन आग्रह गरेका छन् ।

बुधवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले कार्यकारी प्रमुख लामो समय सम्म देश बाहिर बस्दा मुलुकको राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादा आदिमा जोखिम उत्पन्न हुने बताए ।

संसदमा सत्तारुढ नेकपाको झण्डै दुई तिहाइ बहुमत भएकाले त्यही पार्टीभित्रबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाएर ओलीलाई विश्राम दिन ध्यानाकर्षण गराएका हुन् । सांसद थापाले पछिल्लो समय प्रधानमन्त्रीको कार्यबोझ बढाईएको तर शारिरीक स्वास्थ्य अवस्था भने कमजोर भएकाले नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रसस्त गनुपर्ने बताए ।

सांसद थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थबारे संसदलाई जानकारी गराउन माग गरे। थापाले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी पाउनु संसदको अधिकार हो उहाँको स्वास्थ्यबारे सार्वजनिक सञ्चार माध्यमबाट जानकारीबाहेक औपचारिक रुपमा कुनै सूचना दिइएको छैन।’