logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

भोलिबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा सकिँदै, थप गर्ने वा नगर्नेबारे निर्णय गर्न आज बैठक बस्दै


अंकुरण खबर
923
Shares

काठमाडौं उपत्यकामा भोलि बुधबार मध्यरातिबाट निषेधाज्ञा सकिँदैछ ।

कोरोना संक्रमित निरन्तर बढेसँगै गत बुधबार मध्यरातिदेखि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) निषेधाज्ञा लागू गरिएको थियो ।

जनघनत्व बढी भएको उपत्यकामा संक्रमित थपिँदै जाँदा जोखिम बढेको र मानिसको आवतजावतलाई नियन्त्रण गर्नुपर्ने चिकित्सक र विज्ञहरुले सुझाव दिइरहँदा यसलाई फेरि लम्ब्याउने कि के गर्ने भन्ने विषयमा आज निर्णय हुँदैछ ।

आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बसेर यस बारेमा निर्णय गर्ने तयारी गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस विषयमा निर्णय गर्न आज दिउँसो ४ बजे बैठक बस्ने तयारी भइरहेको जानकारी दिए।

त्यसअघि सीडीओ र उपत्यकाका मेयरहरुबीच छलफल हुने बताइएको छ ।