logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु


अंकुरण खबर
702
Shares

सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट सशस्त्र प्रहरीका सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

सोमबार राति साढे सात बजे रामनगर गाउँपालिका-७ स्थित मधुवनीमा गडहियाबाट बरहथवातर्फ जाँदै गरेको प्र.२-०३-००२ प.५२१० नम्बरको मोटरसाइकललाई नम्बर प्लेट नभएको ट्रयाक्टरले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक हरिपुर न.पा. ८ बस्ने वर्ष ३१ का दिलिप चौधरी गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवरका अनुसार उनी सशस्त्र प्रहरीका सहायक हवल्दार हुन् । उनी सर्लाही दरबन्दी भई बिओपी पोष्ट छतौनामा कर्यरत थिए ।

उनको उपचारका लागि जिल्ला अस्पताल मलंगवा सर्लाहीतर्फ पठाइएको थियो । तर अस्पताल पुग्न नपाउँदै उनको मृत्यु भएको डिएसपी कुँवरले बताए ।

फरार रहेका ट्रयाक्टर चालक १६ वर्षीय रंजन चौधरीलाई ईलाका प्रहरी कार्यालय, गडहियाबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

प्रहरीले चालक र ट्रयाक्टरलाई जिल्ला प्रहरी कार्यालयमा राखेको छ । सशस्त्र प्रहरीका सहायक हवल्दार चौधरीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।