logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाउँपालिकाको कार्यालयमा आगजनी


अंकुरण खबर
871
Shares

काठमाडौं – सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गाउँपालिकाको कार्यालयमा आज बिहान अज्ञात समूहले आगजनी गरेको थियो । आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजात पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान पश्चात मात्र थप कुरा भन्न सकिने जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

आगजनीबाट कार्यालयको महत्त्वपूर्ण कागजातसहित फर्निचरसमेत जलेर नष्ट भएको जनाईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।