चितवनमा थप ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुरमा रहेको कोभिड-१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा ४४ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका ४४ जनामा ५ वर्षका एक बालक, ८ वर्षकी एक बालिका र ७१ वर्षकी एक महिला पनि रहेका छन् । भरतपुर क्यान्सर अस्पतालका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार विहान थपिएका ४४ जनामध्ये ४० जना चितवनकै हुन् । योसँगै चितवनमा ४ सयभन्दा बढी कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् । पछिल्लो समय चितवनमा अस्पतालका स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण बढ्दो क्रममा देखिएको छ ।