logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.456K
Shares

नेपालगञ्जमा कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ३७ वर्षीय पुरुषको गएराति निधन भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जनाकारी दिए ।

निमोनिया भएपछि उनी गत सोमबार अस्पताल भर्ना भएका थिए । मंगलबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यो सहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।