उपत्यकाका ३ वटा जिल्लामा भदौ ३ गतेदेखि लागु गरिएको निषेधाज्ञाको समय १ साता थप गरिएको छ ।
तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा कोरोनाको संक्रमण बढ्दै गएपछि निषेधाज्ञा १ हप्ताका लागि निरन्तरता दिइएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अबको १ साता निषेधाज्ञा लम्ब्याइएको जानकारी दिए । हाल गरिएको निषेधाज्ञाले कोरोनाका संक्रमितहरुलाई आइसोलेट गर्ने काम गरेको र अबको एक सातासम्म कन्ट्याक्ट टे«सिङ गरिने उनले जानकारी दिए ।
थप एक साता निषेधाज्ञा जारी राखेपछि काठमाडौं उपत्यका भित्रको कोरोना संक्रमणको दरमा कमी आउने विश्वास उनले लिएका छन् । यस अघिको निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन रोक लगाइएको थियो। अब त्यसमा पनि कडाई हुने प्रजिअ दाहालको भनाइ छ।
यसअघि भदौ ३ गते राति १२ बजेदेखि आज राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको थियो।