ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका १० जना थुनुवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार आएको कोरोना परीक्षणको रिपोर्ट अनुसार १० जना थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विभिन्न घटनामा बुटवल आसपासमा पक्राउ परी हिरासतमा राखिएकाहरूको स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना पोजेटिभ पाइएको हो । ईलाका प्रहरी कार्यालयका अनुसार उक्त हिरासतमा २७ जना थुनुवा रहेका छन् ।
यसअघि सोही कार्यालयका ४ जना प्रहरी जवानलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।