जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले निषेधाज्ञाको समयलाई बढाएर भदौ १५ गतेसम्म पुर्याएको छ।
साउन ३१ देखि लागू भएको निषेधाज्ञाको समय थप गरेको यो तेस्रो पटक हो।
जिल्ला सुरक्षा समिति, राजनीतिक दलका प्रतिनिधि, संघीय तथा प्रदेश सभा सदस्यलगायत बुधबार परासीमा बसेको सर्वदलीय बैठकले समुदायमा कोरोना संक्रमणको अवस्था फैलँदो रहेकाले निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट गर्न र अनावश्यक रुपमा हिंडडुल गर्न पाइने छैन। बैंक तथा वित्तीय संस्थाले अति आवश्यक भएका व्यक्तिलाई सेवा दिनका लागि कुनै एक कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर काम गर्न सक्ने व्यवस्था मिलाइएको छ ।