कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत पोखरा महानगरपालिका–११ घर भएकी ३२ वर्षीया महिलाको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो ।
कोरोना भाइरसको संक्रमण देखिएपछि भदौ ७ गते प्रतिष्ठानमा भर्ना भएकी उनको अवस्था जटिल बन्दै गएपछि आईसीयूमा राखेर उपचार हुँदै आएको थियो ।