logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा एक जना सङ्क्रमित महिलाको मृत्यु


अंकुरण खबर
1.066K
Shares

भक्तपुरमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याइएकी स्थानीय ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।

उच्च रक्तचापको बिरामी रहेकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायतको समस्याका कारण उपचारका लागि नागरिक अस्पताल ल्याएको महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए  ।

कोरोना सङ्क्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपीडी आज र भोलि दुई दिनका लागि बन्द गरिएको छ ।

भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट दुईजना स्थानीयको मृत्यु भएको थियो ।