कोरोना भाइरसको संक्रमणबाट शुक्रबार मध्याह्नसम्म थप ८ जनाको मृत्यु भएको छ ।
सुनसरीको धरानमा ३, चितवनमा २, मोरङ, रुपन्देही र भक्तपुरमा एकरएक जनाको शुक्रबार कोरोनाका कारण मृत्यु भएको हो।
चितवनको भरतपुर महानगर २ क्षेत्रपुर बस्ने ५१ वर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। त्यस्तै चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
हेटौंडा १९– की ७१ वर्षीयामहिलाको आज बिहान मृत्यु भएको हो। त्यसैगरि राजधानिको भक्तपुरमा एक महिलाको मृत्यु भएको छ ।
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि लैजाने क्रममा गएराति मृत्यु भएकी ६२ वर्षीया महिलामा आज विहान कोरोना संक्रमण पुष्टि भएको हो । उनी उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ ।
विराटनगरस्थित कोशी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । त्यस्तै, सिरहाको लहानकी ६५ वर्षीयामहिलाको आज विहान मृत्यु भएको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापा, मोरङ र सिराहाका कोरोनासंक्रतिमको मृत्यु भएको हो। झापाको दमक नगरपालिका ३ का ८३ वर्षीय वृद्धको आज विहान पौने ४ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिलाको आज विहान सवा ३ बजे मृत्यु भएको छ । साथै प्रतिष्ठानमै उपचारका क्रममा रहेका सिराहाका ५५ वर्षीय पुरुषको हिजो बेलुकी मृत्यु भएको छ ।