logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको संक्रमणबाट पोखरामा ५२ वर्षीय पुरुषको मृत्यु


अंकुरण खबर
1.391K
Shares

कोरोना भाइरसको संक्रमणबाट कास्कीको पोखरामा थप १ जनाको मृत्यु भएको छ ।

आज (शुक्रबार) उपचारका लागि पोखरा स्वास्थय विज्ञान प्रतिष्ठानमा आएका कोरोना संक्रमितको अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा अर्जुन आचार्यले एक विज्ञप्ती जारी गर्दै पोखरा महानगरपालिका–१६ घर भएका ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिए ।

उनी श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बिहान उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका थिए । ती पुरुष कोरोना भाइरसको संक्रमणका अतिरिक्त हाइपरटेन्सन, मधुमेह लगायत समस्याबाट ग्रसित थिए ।

यससँगै पोखरा स्वास्थ्य विज्ञानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।