logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

संखुवासभामा शुक्रबार राति १२ बजेपछि भदौ १८ गतेसम्म निषेधाज्ञा


अंकुरण खबर
1.014K
Shares

कोभिड–१९ संकट व्यवस्थापन समितिले संखुवासभामा ७ दिन निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार राति १२ बजेपछि भदौ १८ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए।

निषेधाज्ञामा सवारी साधन र बजार बन्दका साथै अत्यावश्यकबाहेक हिँडडुल बन्द गरिने छ । अत्यावश्यक सेवाका सवारी साधन भने चल्नेछन् । सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतीय माध्यामबाट गर्न प्रशासनले आग्रह गरेको छ ।

संखुवासभामा शुक्रबार पनि कोरोना संक्रमण थपिएपछि कोभिड–१९ संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।