logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना : दुईको मृत्यु, दुईको अवस्था गम्भीर


अंकुरण खबर
1.118K
Shares

स्याङ्जाको वालिङ नगरपालिका ५ मजकोटमा एम्बुलेन्स दुर्घटना भएको छ ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गर्भवती महिलासहित दुई जना गम्भीर घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि सुवेदीका अनुसार, काठमाडौंबाट चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान करिब ५ बजे वालिङ चापाकोट भित्री सडकदेखि अन्दाजी अढाई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये चापाकोट–९ की २८ वर्षीया पवित्रा पोखरेल र एम्बुलेन्स चालक सोही ठाउँमा ३१ वर्षीय सुरेन्द्र भण्डारीलाई गह्रौ प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जनाएको छ ।