logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका भक्तपुरका ६५ वर्षीय पुरुषको मृत्यु


अंकुरण खबर
988
Shares

कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका एक व्यक्तिको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो । भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते (शुक्रबार) संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका उक्त  पुरुष उच्च रक्तचाप, महुमेहका बिरामी पनि थिए ।

होम आइसोलेसनमै स्वास्थ्यलाभ गरिरहेका ती पुरुषको शनिबार राति मृत्यु भएको भक्तपुर नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिए ।

उनको मृत्युसँगै परिवारका अन्य सदस्यहरुको पनि पीसीआर परीक्षण गर्ने तयारी गरिएको वडाअध्यक्ष खत्रीले जानकारी दिए ।