logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धरानमा कोरोना पुष्टि भएका आमा–छोराको ४५ मिनेटको फरकमा मृत्यु


अंकुरण खबर
1.651K
Shares

कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानमा एकै दिन आमा–छोराको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि हिजो (शनिबार) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आज ९आइतबार० बिहान मृत्यु भएको हो ।

आमाको बिहान ८ः३० र छोराको ७ स्४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

आमा–छोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरोले च्यापेपछि शनिबार साँझ मात्रै प्रतिष्ठानमा भर्ना भएका थिए । मृतक दुवैमा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।