नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा प्राविधिक समस्या आएपछि केहि समयका लागि कारोबार स्थगित गरिएको छ ।
कारोबार भएको दोश्रो घण्टापछि पटक–पटक उक्त प्रणालीमा समस्या आएपछि लगानीकर्ताहरुले गुनासो गरेका छन् । १२ बजेर ३ मिनेटमा बन्द भएको कारोबार अहिले सम्म सुचारु भएको छैन ।
अहिले टीएमएसमा देखिएको प्राविधक समस्या समाधान गर्ने प्रयासमा रहेकाले कारोबार स्थगित गरिएको नेप्सेले सूचना मार्फत जानकारी दिएको छ ।
कारोबार स्थगित गर्नुपर्दा लगानीकर्ताको असुविधाप्रति नेप्सेले क्षमासमेत मागेको छ । स्थगित गरिएको अवधि थप गरेर कारोबार सुचारु गराउने तयारी नेप्सेको छ ।