logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा चार जना पक्राउ


अंकुरण खबर
936
Shares

कैलाली, जानकी गाउँपालिका ९, खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।