पछिल्लो २४ घण्टामा थप २ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
यो सँगै नेपालमा २० हजार ८ सय २२ जना संक्रमित उपचारपछि निको भएका छन् ।