logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डोटीमा एक साताका लागि निषेधाज्ञा


अंकुरण खबर
2.977K
Shares

जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि गए राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गए राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको र सोही अनुरुप निषेधाज्ञा जारी भएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक सबै सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ ।