नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो । महोत्तरीमै मेडिकल सञ्चालन गरेका उनी ७ भदौमा बिरामी परेका थिए ।
श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं ल्याउने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
मृतकको परिवारका अन्य सदस्यहरु पनि औषधि व्यवसायमा नै संलग्न रहेकोले अन्य सदस्यमा पनि कोरोना पुष्टि भएको जनाइएको छ ।