logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

रौतहटमा हनुमान मन्दिरका पुजारी हत्या आरोपमा दुई जना पक्राउ


अंकुरण खबर
1.144K
Shares

रौतहटको माधवनारायणस्थित नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् ।

हत्या आरोपमा यसअघि शंका गरिएका ४ जनामध्येका दुई रामनरेश पटेल र बालकुमार पटेललाई प्रहरीले सोमबार पक्राउ गरेको हो । भदौ ३ गते राति पौने ९ बजे भएको हत्यापछि दुवैजना फरार रहेका थिए ।

घटनामा संलग्‍न भएको आशंकामा अनुसन्धानको घेरामा रहेका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह र वडा सदस्य राजेन्द्र पटेल पनि हाल फरार रहेका छन् ।

उनीहरु जनता समाजवादी पार्टीका तर्फबाट जनप्रतिनिधि हुन् ।