logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण


अंकुरण खबर
832
Shares

प्रदेश नम्बर एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण देखापरेको छ ।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति उनमा संक्रमण पुष्टि भएके हो ।

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको थियो । सोमबारदेखि ज्वरो पनि देखिएको थियो ।

मन्त्री घिमिरे शनिबार साँझदेखि घरमै बसिरहेका छन । उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ ।