logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट रुपन्देहीमा ६५ वर्षीया महिलाको मृत्यु


अंकुरण खबर
1.079K
Shares

रूपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भैरहवाको भीम अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको गएराति मृत्यु भएको हो । मृत्यु हुने महिला नवलपरासी पश्चिम, रामग्राम–५ की हुन् ।

उनमा मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या समेत थियो । उनी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालवाट भदौ १५ गते भीम अस्पताल उपचारका लागि रिफर भएकी थिइन् ।