logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.625K
Shares

पर्सा र बारामा गरी थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ५०, पर्साका १३ र गण्डक अस्पतालका एकजनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा पाँच वर्षका बालकदेखि ७९ वर्षका वृद्ध समेत छन् । बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडाका गरी पचास जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पर्साका संक्रमितहरु वीरगञ्जका विभिन्न वडा र बहुदरमाइका छन् ।