प्रहरीले आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई पक्राउ गरेको छ ।
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी वृत्त बानेश्वरको टोलीले काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति शंखमूलबाट पक्राउ परेको हो ।
पीडित बालिकाकी आमाले जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका ती पुरुषलाई हिरातमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।