logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिचिङ अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
897
Shares

कोरोना सङ्क्रमणका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जनाको मृत्यु भएको छ ।

गए राति २० वर्षीया एक महिला र ७५ वर्षीय एक जना पुरुष सङ्क्रमितको मृत्यु भएको हो ।

जसमध्ये ७५ वर्षीय पुरुषमा मधुमेह रोग र २० वर्षीया महिलामा मिर्गौलाको समस्या भएको त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा। सन्त दासले जानकारी दिए ।

ती पुरुष मङ्गलबार अस्पतालमा भर्ना भएका थिए भने महिला सोमबार भर्ना भएको उनले जानकारी दिए ।