logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२५ अंकले बढ्यो सेयर बजार


अंकुरण खबर
858
Shares

साताको चौथो दिन आज (बुधबार)नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उछाल आएको छ ।

बुधबार नेप्सेमा २५ दशमलव ५८ अंकले बढेर १ हजार ५१० दशमलव ५७ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ४ अर्ब १८ करोड १० लाख बढीको कारोबार भएको छ । यो कारोबार लकडाउन यताकै सर्वाधिक कारोबार हो ।

आजको कारोबारमा अनपेक्षित रुपमा सबैजसो हाइड्रोपावरको शेयर मूल्य बढेको छ । यहि क्रममा ३२ वटा हाइड्रोपावरमा त सकारात्मक सर्किट नै लाग्यो । सम्भवतः नेपालको शेयर बजारमा जलविद्युत कम्पनीको शेयरमा एकै पटक यति धेरै कम्पनीको आकर्षण पहिलोपटक देखिएको हो ।

आज अत्याधिक कारोबार गर्ने कम्पनीहरुमा अधिकांश बीमा कम्पनी रहेका छन् । आज अत्याधिक कारोबार गर्ने कम्पनीहरुमा अधिकांश बीमा कम्पनी रहेका छन् । त्यसमा सबैभन्दा बढी पुनर्बीमा कम्पनीको ६४ करोड ७० लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सको १७ करोड ३३ लाख बढी, नेशनल लाईफ इन्स्योरेन्सको १६ करोड ३३ लाख भन्दा बढी, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ७० लाख बढी, लाईफ इन्स्योरेन्स कम्पनीको १४ करोड ६० लाख बढी कारोबार भएको छ ।