logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको  मृत्यु


अंकुरण खबर
663
Shares

भक्तपुरका ४० वर्षीया महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको छ ।

कोभिड-१९ संक्रमित महिलालाई बुधवार राति अस्पताल भर्ना गरिएको थियो । अस्पताल पुर्‍याउँदा नै स्वास्थ्य अवस्था जटिल रहेकी महिलाको विहान पौने २ बजे निधन भएको अस्पतालका कार्यकारी निर्देशक रवि शाक्यले जानकारी दिए ।

महिला मिर्गौला रोगी भएको अस्पतालले जनाएको छ । मृतक महिलाको शव अस्पतालमै राखिएको र आजै ब्यवस्थापन हुने शाक्यले बताए ।