logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

बागलुङ बाढी अपडेट : आठको शव फेला, सनाखत हुन बाँकी


अंकुरण खबर
1.859K
Shares

बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा वस्तीमा बाढी पहिरो पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन ।

गए राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५, ६, ७, ८ र ९ का ३० घर बगाएको हो । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएर क्षति बनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको सङ्ख्या बढ्न सक्ने छ ।

बाढीले सडक छेरमा पार्किङमा राखेको जीप, दुई वटा विद्युत गृह, एक वटा झोलुङ्ले पुल, दुई वटा विद्यालय भवनसमेत बगाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर स्थानीयको सहयोगमा उद्धार थालेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।