बागलुङका बाढी प्रभावितका लागि राहत सामग्री लिएर गएको गृहमन्त्री सहितको टोलि मौसम खराबका कारण पोखरामा ल्याण्ड गरेको छ ।
बागलुङमा मौसम खराब भएको सूचना आएपछि स्याङजाबाट हेलिकोप्टर पोखरा फर्किएको गृह मन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापा, बागलुङका सांसद देबेन्द्र पौडेल र राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोख्रेलसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा घटनास्थलतर्फ प्रस्थान गरेको हो ।
बागलुङको ढोरपाटन नगरपालिकामा गएराति आएको बाढी र पहिरोले बगाएकामध्ये ११ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शव फेला परेकामध्ये १ जना मृतकको पहिचान खुलेको छ । मृतक मध्ये ढोरपाटन नगरपालिका वडा नम्वर ९ की २६ वर्षिया केशमाया पुनको मात्रै पहिचान खुलेको छ ।
अन्य बेपत्ताहरुको प्रहरीले खोजि गरिरहेका जनाएको छ ।