logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशका एक सांसदलाई कोरोना पुष्टि


अंकुरण खबर
702
Shares

गण्डकी प्रदेशसभाका सांसद मोहन रेग्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि सांसद रेग्मीले परीक्षणका लागि स्वाब दिएका थिए । बिहीबार बिहान आएको परीक्षणको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदबिन्दु शर्माले जानकारी दिए ।

कन्ट्याक ट्रेसिङका आधारमा शंका लागेर सांसद रेग्मीले भदौ १४ गते स्वाब दिएका थिए । सांसद रेग्मीको स्वास्थ्य सामान्य रहेको छ ।

स्वाब दिएपछि पनि आफू धेरैतिर हिँडेकाले सम्पर्कमा आएजतिलाई सावधान रहन र स्वाब परीक्षण गराउन उनले आग्रह गरेका छन् ।