logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या २५७ पुग्यो


अंकुरण खबर
1.443K
Shares

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।

मृत्यु हुनेहरूमध्ये ४ जना महिला छन् । प्रवक्ता गौतमका अनुसार महिलाहरू चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रूपन्देहीकी ७७ वर्षीया छन्।

त्यस्तै, अन्य दुई जना सिन्धुपाल्चोकका ७७ वर्षीय र रूपन्देहीका ६५ वर्षीय पुरूष छन् ।